बझाङमा जीपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ घर भएका ६० बर्षका गगन ओखेडा रहेका छन् ।
जिल्लाको केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ गैरहेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ओखेडाको घटना स्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारी दिएको छ । जीप चालक बुंगल नगरपालिका–६ बस्ने दिपेन्द्र धामी फरार रहेको बताएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी बताए ।



सत्यराज सिंह । बझाङ ।