सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बुधवार २ संक्रमित थपिए

बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जमुनाहा हेल्थ डेस्कमा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये दुबै जना बाँकेका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४६ पुगेको छ । यस्तै बुधवार थप २ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९६४ पुगेको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २९ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २८ जना होमआइसोलेशनमा बसिरहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार २०:२५