सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको प्रदेश सभा-३ ‘क’ बाट कांग्रेसले गर्यो उम्मेदवार सिफारिस

आसन्न प्रदेश सभाको निर्वाचनका लागि बाँकेको प्रदेश सभा-३ ‘क’ बाट नेपाली कांग्रेसले सम्भावित उम्मेदवार सिफारिस गरेको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ सम्पन्न गर्दैछ ।

उक्त निर्वाचनका लागि कांग्रेसले प्रदेश सभा-३ ‘क’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा कपिलदेव शर्माको नाम सिफारिस गरेको छ ।

दोस्रो नम्बरमा चन्तराम थारु, केशवकुमार शाह, बिनोदकुमार थारु, टंकप्रसाद काफ्ले आशिष, देवबहादुर केसी, टिकाराम उपाध्याय, शरद रेग्मी र रामबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।

यसैगरी समानुपातिकतर्फ भावना चौधरी(थारु महिला), कृष्णप्रसाद सापकोटा (खस आर्य), दशरथ थारु(थारु), पवनकुमार थारु(थारु), श्रीदेवी थारु (थारु महिला), नाज्मा खातुन (मुस्लिम महिला), कोपिला शर्मा (महिला) र कमला हमाल(महिला) मा सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ कार्यसमितिलाई सिफारिस गरिएको उक्त नामावली जिल्ला कार्यसमिति बाँके हुदै लुम्बिनी प्रदेश कार्यसमितिमा पठाइने बताइएको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा-३ ‘क’ बाट चन्तराम थारुलाई उम्मेदवार बनाएको थियो । उनलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी)ले पराजित गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार २०:१७