सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सभा-३ ‘ख’ बाँकेबाट सिफारिसमा पर्ने यि हुन कांग्रेसका नेता

आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि बाँके, प्रदेश सभा-३ ‘ख’ बाट नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । उक्त निर्वाचनका लागि कांग्रेस प्रदेश सभा-३ ‘ख’ कार्यसमितिले बुधबार औपचारिक रुपमा नाम सिफारिस गरेको हो ।

प्रदेश सभा-३ ‘ख’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा दुखिराम लोनियाको नाम सिफारिसमा परेको छ । यस्तै दोस्रो नम्बरमा रामेश्वर कँडेल, राजेन्द्र आचार्य, देउफल यादव, दयाराम यादव र बोदिलाल न्यौपाने सिफारिसमा परेका छन् ।

यसैगरी समानुपातिक तर्फबाट भिमबहादुर बिक(दलित), रमेशकुमार सिजाली(जनजाती), नरबहादुर खड्का (खस आर्य), धर्मराज सुनार(दलित), मो. कमाल अन्सारी (मुस्लिम), रामचन्द्र गुप्ता(मधेसी) तथा उमा थापामगर, चिनुमाया कुँवर र झुपकली मगर (झुकमाया) महिला कोटाबाट सिफारिसमा परेको प्रदेश सभा-३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले जानकारी दिए । उनीहरुको नाम क्षेत्र नम्बर ३ कार्यसमितिलाई सिफारिस गरिएको उनले बताए ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा-३ ‘ख’ बाट नेता लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको थियो । शाहलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बाबुराम गौतमले पराजित गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार २०:०५