सूचनाको शक्ति - The Power Of Information

        

चुनावका खटिने प्रहरीलाई दुई हप्तासम्मको भत्ता

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् ।

कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको तथा अर्काे जिल्लामा खटिनेलाई दुई हप्ताको भत्ता दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ ।

उनीहरुले एक दिनको तलब बराबरको भत्ता पाउनेछन् । यस्तो भत्ता सशस्त्र प्रहरीले पनि पाउनेछन् । निर्वाचनमा नेपाल प्रहरीबाट ७२ हजार तथा सशस्त्रबाट करिब ३० हजार खटिदैछन् ।

निर्वाचन आयोगका कर्मचारीले चुनाव घोषणा भएकै दिनदेखि दोब्बर भत्ता बुझ्दै आएका छन् । तर, निर्वाचनमा २० घन्टासम्म खटिने प्रहरीलाई भने एक महिनाको मात्र भत्ता दिइएको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १६:५८