सूचनाको शक्ति - The Power Of Information

        

मतपत्र छाप्ने कागज खरिद गर्न नवदुर्गालाई ठेक्का

निर्वाचन आयोगले आगामी मंसिर ४ मा निर्वाचनका लागि मतपत्र छपाइका कागज खरिद गर्न थापाथलीस्थित नवदुर्गा ट्रेडिङ कन्सर्नलाई ठक्का दिएको छ ।

निर्वाचनको तिव्र तयारीमा जुटेको आयोगले मतपेटिका, मतपत्र र अन्य निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि विभिन्न कम्पनीहरुलाई ठेक्का दिँदै आएको छ ।

सो क्रममा बधुबार आयोगले मतपत्रका लागि कागज खरिदको जिम्मा नवदुर्गा ट्रेडिङ कन्सर्नलाई दिएको हो । एक सूचना जारी गर्दै आयोगले बोलपत्र स्वीकृत भएको जानकारी गराएको छ ।

निर्वाचन आयोगले मतपत्रको कागज खरिद गर्न आह्वान भएको बोलपत्रमा १३ भदौभित्र दर्ता हुन आएका बोलपत्रमध्ये नवदुर्गालाई सो ठेक्का दिएको हो । मूल्य अभिवृद्धि करसमेत राखेर १६ करोड ३२ लाख ७८ हजार २७६ मा कबोल भएको आयोगले जनाएको छ ।

बोलपत्र दाताले कार्य सम्पादन जमानत र मतपत्र छपाइ गर्ने कागज २० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाणसहितको विस्तृत कार्यतालिका पेस गर्न आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १२:३३