सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजनाका लागि ६ सय ६३ अस्थायी दरबन्दी सिर्जना गरेको छ ।
मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतमा सर्वाधिक चार सय ३१ दरबन्दी सिर्जना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगअन्तर्गत सञ्चालित परियोजना र कार्यक्रमका लागि एक सय पाँच अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री कार्कीले बताउनुभयो ।
यसैगरी, मन्त्रिपरिषदले उद्योग, वाणिज्य मन्त्रालयअन्तर्गत ३०, कृषि तथा पशुपालन मन्त्रालय मातहतका परियोजनाका लागि ५० र वन तथा वातावरण मन्त्रालयअन्तर्गत ४७ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।