भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ ।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो ।
अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली व्यक्ति पनि हनुहुन्छ ।
बिलिनियर्स इन्डेक्सका अनुसार अहिले अडानीको कूल सम्पत्ति १३७ दशमलव ४ बिलियन डलर पुगेको छ । सर्वाधिक धनी व्यक्तिको सूचीमा उहाँ भन्दा अगाडि अमेजनका संस्थापक जेफ बेजोस र टेस्लाका सीईओ एलन मस्क रहनु भएको छ ।
सबैभन्दा धनी व्यक्ति मस्कसँग अहिले कूल २५१ बिलियन डलर सम्पत्ति रहेको छ । दोस्रो स्थानमा रहेका बेजोससँग १५३ बिलियन डलर सम्पत्ति रहेको छ ।
पछिल्लो केही समययता अडानीको सम्पत्ति द्रूत गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा मात्रै अडानीको नेटवर्थ १.२ बिलियन डलरले बढेको छ ।
जनवरीदेखि यतामात्रै अडानीको सम्पत्ति ६० दशमलव बिलियन डलर बढेको रिपोर्टमा उल्लेख छ । अडानी गत फेब्रुअरीमा मात्रै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी बन्न सफल हुनुभएको थियोे ।
गत अप्रिलमा पहलिोपटक अडानीको सम्पत्ति १०० बिलियनभन्दा माथि पुगेको थियो ।
सत्यपाटी । काठमाडौँ ।