सूचनाको शक्ति - The Power Of Information

        

भदौ २६ देखि नयाँ नोट साटिने

यस वर्षको दसैं, तिहार लगायत चाडपर्वका लागि भदौ २६ देखि नयाँ नोट साट्न पाइने भएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख नेपालका अनुसार सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सकिने छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १६:१२