सूचनाको शक्ति - The Power Of Information

        

सरकारी जग्गा मिचेर अवैध संरचना

कोहलपुर नगरपालिकाले भत्काउन थाल्यो अवैध संरचना

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले भने, ‘सरकारी जग्गामा गरिएको अवैधरुपमा कब्जा गरिएका संरचना जुनसुकै हालतमा पनि हटाउछौं ।’

कोहलपुर न्युरोडमा अवैध संरचना भत्काउँदै नगरपालिकाको डोजर ।

कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमबार विहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य सुरु गरेको हो ।

कोहलपुर नगर विकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अबैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सूचना जारी गर्दा पनि हटाउन आनाकानी गरेपछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न पुनः तीन दिने सूचना जारी गरिएको थियो । नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिएलगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षासमेत दिनु परेको थियो । अब सुरक्षाकर्मी थपेर भए पनि कोहलपुर नगरपालिकाभित्रका सरकारी जग्गामा गरिएको अवैध कब्जा हटाउने मेयर आचार्यले बताए ।

कोहलपुर नगर विकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बताए ।

सूचनाको अवधि सकिएलगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षा दिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अवैध संरचना भत्काउन पुगेको टोली बसपार्क क्षेत्रमा पुग्दा केही स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेर त्यहाँबाट भगाएका थिए । सो स्थानमा सुरक्षाकर्मी थप गर्नुका साथै डोजरलाई केही बेरका लागि त्यहाँबाट हटाइएको थियो । स्थानीयको अवरोधले सो स्थानमा तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।

सो स्थानमा पुगेका मेयर आचार्य लगायतको टोलीसँग स्थानीयको छलफल भए पनि सहमति बनेको छैन । सुरक्षाकर्मी थपेर भए पनि अवैध संरचना हटाउने नगरपालिकाको अडान छ । सरकारी जग्गामा गरिएको अवैधरुपमा कब्जा गरिएका संरचना जुनसुकै हालतमा पनि हटाउने मेयर आचार्यले बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:४६