सूचनाको शक्ति - The Power Of Information

        

कोभिडबाट हालसम्म बाँकेका ३ सय ५३ जनाको निधन

बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ७ जनाको नमूना परीक्षण गर्दा २ जना र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४१ पुगेको छ । यस्तै सोमवार थप ९ जना निको भएका छन् ।

योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९६२ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २६ जना रहेको वलीले बताए ।

एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २५ जना होमआइसोलेशमा बसिरहेका छन् । कोभिड शुरु भएयता आजसम्म बाँकेका ३५३ जनाको निधन भएको उनले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:०२