सूचनाको शक्ति - The Power Of Information

        

इराक तनावग्रस्त : सुरक्षाकर्मीको गोली लागेर आठको मृत्यु

इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनीतीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् ।

हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरूले राष्ट्रपति भवन भित्र रहेको स्वीमिङ पुलमा स्वीमिङ गरेको दृश्य सार्वजनिक भएको छ । प्रदर्शन चर्कदैं गएपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी ८ जनाको मृत्यु भएको छ ।

इराकमा बढ्दै गएको तनावका बीच कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्युका बीच प्रदर्शन रोक्न अपिल गरिएको छ ।

धर्मगुरु अल सदरका समर्थक र इरान समर्थित आम सर्वसाधारणबीच दोहोरो झडप समेत भएको छ । एकले अर्कालाई ढुंगा प्रहार गर्दा दुवै तर्फ कयौं घाइते भएका छन् ।

यसैबीच, इराक स्थित अमेरिकी दुतबासका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इराकमा बिगत १० महिनादेखि राजनीतिक उथलपुथल भइरहेको छ ।

न त्यहाँ स्थायी रुपमा प्रधानमन्त्री छन न त कुनै मन्त्रीमण्डल नै । धर्मगुरु अल सदरले इराममा दशकौं देखि संघर्ष जारी राख्दै इराकमा ब्याप्त भ्रष्टाचार निर्मुलका लागि अभियान सञ्चालन गर्दै आएका थिए ।

इराकमा गत महिना राजधानी बग्दादमा भेला भएका हजारौं प्रदर्शनकारीहरु संसद भवन भित्र प्रवेश गरी उनको समर्थनमा नाराबाजी गरेका थिए । सदरको पार्टी इराको संसदमा सबैभन्दा ठुलो पार्टी रहंदै आएको छ ।

उनले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०८:५८