सूचनाको शक्ति - The Power Of Information

        

७० जिल्लामा डेङ्गीको सङ्क्रमण

 ७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश-१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ ।

दाहालका अनुसार डेङ्गीको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ ।

सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा  दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् ।

१७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०८:४८