सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आचारसंहितामा के छ ? (पूर्ण पाठसहित)

आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ ।  साेमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निर्णय गरेकाे दिनदेखि लागू हुनेछ ।

आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ । निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिव स्वतः अनुगमन समितिमा रहने व्यवस्था छ ।

आचारसंहितामा राजनीतिक दल, सरकार, सुरक्षा निकाय, चुनावमा खटिने कर्मचारी, सञ्चारमाध्यम र नागरिकले पालना गर्नुपर्ने विषय समेटिएका छन् । खासगरी चुनावको समयमा सरकारी स्रोत, साधनको दुरुपयोग हुन नदिनका लागि आयोगले कडा खालका प्रावधान ल्याएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०८:४१