सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : वृषलाई अवसर, कर्कटलाई सफलता

२०७९ भाद्र १४ गते, मंगलवार, ३० अगस्ट २०२२ । भाद्र शुक्लपक्ष तृतीया तिथि, १४ः३० बजेदेखि चतुर्थी । हस्त नक्षत्र । चन्द्रराशि– कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि दिलाउनेछ । काम पूरा नभए पनि लाभ हुनेछ । व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा सजग रहनुहोला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् । स्वार्थका लागि धाउनेहरूबाट धोका हुनेछ । मुख्य भूमिका निर्वाह गर्दागर्दै पनि अरूको छायामा परिएला । आगन्तुकले समेत अलमल्याउने हुँदा लक्ष्यमा पुग्न समय लाग्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्च लागे पनि आवश्यक भौतिक साधन जुट्नेछन् । मिहिनेत परे पनि श्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । नियमित काम सम्पादन गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने समय छ । आवश्यक भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

श्रम परे पनि विशेष फाइदा हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तत्काद काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । शारीरिक कमजोरीले आँटेको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । मिहिनेतले उपलब्धि दिलाउन सक्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०८:०७