सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभाको बैठक आज बस्दै (कार्य सूचीसहित)

प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बस्ने भएकाे हाे । बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएकाे छ ।

कानूनमन्त्री गोविन्द कोइरालाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पनि सदनमा जानकारी गराइने छ ।

सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित विधेयक एकलौटी रुपमा अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ ।

द्वन्द्वपीडित सेना प्रहरीका परिवारल गायतका सरोकारवालाहरूले पनि विधेयकको विरोध गरेका छन् । नेपालस्थित पश्चिमा देशका कूटनीतिक नियोगहरूले पनि सदनमा पुगेको विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

राष्ट्रियसभाको आइतबारकोे बैठकले विधायन व्यवस्थापन समितिमा पठाईदिएको नागरिकता ऐन संशोधन विधेयकमाथि सोमबार विधायन समितिमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ०८:२५