सूचनाको शक्ति - The Power Of Information

        

बबई नदीमा जलसतहले सतर्कता तह पार गर्यो

फाइल फाेटाे

बबई नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

यसको जलाधार क्षेत्र दाङको तुलसीपुर, घोराई आसपासमा ठूलो वर्षा भइरहेकाले अझै नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवास लगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्युठानको केही ठाउँमा पनि ठूलो वर्षा भएको र थप हुनसक्ने महाशाखाले जनाएको छ ।

बबईका सहायक नदी लगायत कान्द्रा, मोहना, रङ्घुन, चौधर नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले बिहान ९ बजेसम्म नै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ०८:०३