सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पदबाट राजीनामा दिनुभएको हो ।

आज आइतवार मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुवै मन्त्रीले राजीनामा दिनुभएको हो । माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका उहाँहरूलाई पार्टीले फिर्ता बनाउने निर्णय गरेपछि उहाँहरूले राजीनामा दिनुभएको हो ।

माओवादी केन्द्रका सरकारमा तीन जना मन्त्री थिए । दुई जना मन्त्री फिर्ता बोलाएसँगै अब उहाँहरूको ठाउँमा माओवादी केन्द्रले प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा पठाउँदै छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार १७:४९