सूचनाको शक्ति - The Power Of Information

        

गोवर्धन धाम मन्दिरमा लगाइएको भारतको झण्डा हटाइयो

बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको निर्देशनमा राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको सिमानामा पर्ने अम्माखोली गोवर्धन धाम मन्दिरमा लगाइएको छिमेकी मुलुक भारतको राष्ट्रिय झण्डा हटाइएको छ ।

एक्कासी उक्त मन्दिरमा भारतको राष्ट्रिय झण्डा लगाइएको जानकारी आए पश्चात् अध्यक्ष पौडेलले राप्तीसोनारी तरुण दल वडा नम्बर ४ का सचिव डम्बर शाहीलाई तत्काल उक्त झण्डा हटाई नेपालको राष्ट्रिय झण्डा फहराउन निर्देशन दिएका थिए ।

अध्यक्ष पौडेलको निर्देशन पश्चात् सचिव शाहीको टोली पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएको थियो । वर्तमान समयमा गोर्वद्धन धाम मन्दिरमा दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँबाट हिन्दु धर्मका थुप्रै भक्तजनहरु आउने गर्दछन् ।

उक्त मन्दिरमा भारतको राष्ट्रिय कहिले र कसले लगायो भन्ने अहिलेसम्म जानकारी बाहिर नआएपनि अहिले मन्दिरमा नेपालको झण्डा फहराइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार १७:४६