सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कोरोनाका ५ संक्रमित थपिए, १६ जना डिस्चार्ज

बाँकेमा आइतवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा १ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना र राप्तीसोनारी गाउँपालिकामा ३ गरी ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै बाँकेका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३८ पुगेको छ । यस्तै आइतवार थप १६ जना निको भएका छन् ।

योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९५३ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३२ जना रहेको वलीले बताए ।

एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा उपचार भइरहेको छ भने ३१ जना होमआइसोलेशमा बसिरहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार १७:४०