सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ‘जनताको साथमा काँग्रेस अभियान’ सुरु

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा काँग्रेस अभियान’ बाँकेमा सुरु भएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आईतबार एक समारोहका बीच उद्घाटन गरे ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले पाँच दलिय गठबन्धन गर्नु बाध्यता भएको बताए ।

तर, पार्टी एक्लै भएपनि चुनाव जित्न सक्ने बताए । अभियान यही भदौ २४ गतेसम्म चल्ने बताइएको छ । कार्यक्रममा केन्द्र, लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा, गाउँपालिका÷नगरपालिका, वडा तहका पार्टीका सभापति तथा प्रतिनिधीहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार १७:३६