बाँकेको खजुरामा बृहत तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा यही १४ गते खजुरामा बृहत तीज महोत्सव हुने भएको हो ।
खजुरा क्षेत्रको संरक्षण समिति खजुरा ३ को आयोजनामा बृहत तीज महोत्सव हुने भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
हरेक वर्ष झै यस वर्ष पनि खजुराको लक्ष्मी नारायण मन्दिर अगाडी बृहत तीज महोत्सव आयोजना गरिन लागेको खजुरा क्षेत्रको संरक्षण समितिका अध्यक्ष दुर्गालाल विश्वकर्माले जानकारी दिए ।
विगत २ वर्षदेखि कोभिड १९ का कारण खजुरा क्षेत्रमा तीज महोत्सव हुन नसकेको कारण यस वर्ष तीजको दिन आम जनमानसमा हुने हर्ष, उल्लासलाई भव्यका साथ बनाउन तीज महोत्सव कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
खजुराको तिजमा रमाउने शैली, संस्कृति तथा प्रचलनलाई पुन: जिवन्त बनाई खजुुरा क्षेत्रको सांस्कृति पहिचानको संरक्षण, संम्बद्र्धन गर्ने जिम्मा युवा बर्गको रहेको अध्यक्ष विकले बताए ।
नृत्य प्रतियोगितामा सामुहिक तथा एकल नृत्य प्रस्तुत गर्न सकिने आयोजक खजुरा क्षेत्रको संरक्षण समितिका सचिव प्रेम बुढाथोकीले बताए ।
तीज महोत्सवले खजुरा क्षेत्रमा सामाजिक एकता, सहिष्णुता, सदभाव, र सहकार्यको विस्तार गर्नमा सहयोग पुर्याउने सचिव बुढाथोकीले बताए ।
युवाहरुको माझ खजुरा क्षेत्रको मौलिक, सांस्कृतिक, मुल्य मान्यता आदिलाई चिनाउदै भावी पुस्तालाई मौलिक सांस्कृतिक, मुल्य मान्यता आदिलाई उचित ज्ञान हस्तान्तरण गर्न खजुरा क्षेत्रमा हरेक वर्ष बृहत तीज महोत्सव गरिने गरेको आयोजकले जनाएको छ ।
महोत्सवमा सामुहिक तथा एकल नृत्यमा भाग लिने प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई पुरस्कृत गरिने आयोजक टिमका अध्यक्ष विकले जानकारी गराए ।
प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमस १० हजार, ७ हजार, ४ हजार र सान्त्वनालाई १ हजार नगद प्रदान गरिने छ । तीज महोत्सवको उद्घाटन खजुरा गाउपालिका अध्यक्ष डम्बर बहादुर विकले गर्ने कार्यक्रम तय भएको छ भने गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सत्यपाटी । बाँके ।