सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा बाढीपछि राष्ट्रिय आपतकाल घोषणा

 पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ ।

लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएकाे हाे । ३ लाख भन्दा बढी विस्थापित भइसकेका छन् । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको हो ।

पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण मृत्यु हुने मध्ये आधा भन्दा बढी बलुचिस्तान र सिन्ध प्रान्तका रहेका छन् । सिन्ध प्रान्तमा औसत भन्दा ८ गुणा बढी वर्षा भएको छ ।

बाढीका कारण सबै भन्दा बढी दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त प्रभावित भएको छ । जहाँ सन् २०१० मा गएको बिनाशकारी बाढी जस्तै अवस्था अहिले रहेको छ । यो वर्षको बाढीका कारण पाकिस्तानमा १३ सय ४३ जना घाइते भएका छन् ।

५ लाख ८१ हजार भन्दा बढी घरमा क्षति पुग्दा लाखौं घरबारबिहीन बनेका छन् । जलवायु परिवर्तनका कारण मौसमी विपदलाई झन् सघन बनाएको विज्ञहरूले बताएका छन्।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार ०८:४८