नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजकले बताएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पूर्ण चेलिहरुलाई मनोरञ्जन गराउ कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।
सेप्टेम्बर ४ तारिख आइतवारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष सास्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएको छ ।
प्रवासमा रहेका नेपाली चेलिहरुलाई मनोरञ्जन दिन तीज विशेष कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा युएईका बिभिन्न राज्यबाट एक हजारभन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको ठगुन्नाले बताए ।
कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका जनगायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाइस किङ्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने तीज बिशेष कार्यक्रमका संयोजक नबीन दोङ्ले जानकारी दिए ।
नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुति रहने दोङले जनाए । तीज बिशेष कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दोङ्ले बताए । अहिले टिकट बिक्री, कार्यक्रम व्यवस्थापन लगायतका काम भइरहेको उनले बताए ।
सत्यपाटी । युएई ।