माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा सञ्चालन गर्न लागेको हो ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् ।
बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।
ग्रेड वृद्धि परीक्षाका लागि कार्यालयले ५ भदौसम्म आवेदन दिन आव्हान गरेको थियो । एसइईको नतिजा ११ साउन २०७९ मा सार्वजनिक भएको थियो । परीक्षा ९ वैशाख २०७९ देखि सञ्चालन भएको थियो ।
सत्यपाटी । काठमाडौं ।