सूचनाको शक्ति - The Power Of Information

        

घुसहित सुर्खेतमा यातायातका इन्जिनियर र विचौलिया पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले तीन हजार घुससहित एक इन्जिनियर र विचौलियालाई पक्राउ गरेको छ ।

आयोगको सुर्खेत कार्यालयबाट खटेको टोलीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई रकमसहित यातायात व्यवस्था कार्यालय सुर्खेतको परिसरबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले जनाएको छ ।

अख्तियारका अनुसार बममाथि सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस माग गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार ०९:३०