बाँकेमा शुक्रवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा १० जनाको नमूना परीक्षण गर्दा २ जना र राप्तीसोनारी गाउँपालिकामा ३ गरी ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
संक्रमण पुष्टि भएकामध्ये ३ जना बाँकेका हुन् भने २ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३३ पुगेको छ ।
यस्तै शुक्रवार थप १३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९३७ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ जना रहेको वलीले बताए ।
एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ४२ जना होमआइसोलेशमा बसिरहेका छन् ।
सत्यपाटी । बाँके ।