सूचनाको शक्ति - The Power Of Information

        

निहारिकाले करिश्मालाई फिर्ता गरिन् २१ हजार रुपैयाँ

आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन् ।

शुक्रबार राजपुतले करिश्मालाई भेटी आफ्नो छोरालाई किनिदिएको चश्मासहित पैसा फिर्ता गरेकी हुन् । गत असारमा निहारिकालाई करिश्माले २० हजार रुपैयाँ सहयोग दिएकी थिइन् ।

तर, करिश्माले निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएपछि आफ्नो गोपनियता उल्लंघन र चरित्र हत्या गरेको भन्दै उनी आक्रोशित थिइन् ।

‘मैले २१ हजार पैसा,छोरालाई किनिदिएको चस्मा फर्काएको छु,’ उनले भनिन् । उनले आफ्ना गोप्य तस्वीर सार्वजनिक गरिदिएको बारे थप कानुनी प्रकृयामा जाने बताइन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १५:५०