नेपाली कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । सत्तारुढ कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो ।
अभियान शुक्रबारदेखि २४ गतेसम्म चल्ने कांग्रेसले बताएको छ । अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ । अभियान अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिलगायत बैठक बोलाउने छन् ।
यस्तै प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ । अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने कांग्रेसले जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।