सूचनाको शक्ति - The Power Of Information

        

देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

 हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

आज (शुक्रबार) बिहान सुदूपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भएकाे छ । बाँकी प्रदेशहरुमा भने आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

त्यस्तै, गण्डकी, लुम्बिनी प्रदेश, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ अन्य भू-भागमा समेत आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ०९:०६