सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित दुई जना प्रक्राउ

इलाका प्रहरी कार्यालय तुलसीपुरले २२० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका–५ घर भएका २९ वर्षीय मान बहादुर गन्दर्भ रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–६ बाट बुधबार राति प्रक्राउ गरेको हो ।

प्रक्राउ परेका गन्दर्भमाथी थप सोधुपछ गर्ने क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३० वर्षीय अनिल बिकसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि अनिललाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १८:१७