बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् भने १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३० पुगेको छ ।
यस्तै बिहीवार थप ३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९२४ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५३ जना रहेको वलीले बताए ।
एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५२ जना होमआइसमा बसिरहेका छन् ।
सत्यपाटी । बाँके ।