सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

नेकपा (एकीकृत समाजवादी) ले आज बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।

पार्टीले गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते नयाँ दलको मान्यता पाएको थियो ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।

पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा राखिएको कार्यक्रममा अध्यक्ष नेपाल र नेता झलनाथ खनालसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार ०८:४३