सूचनाको शक्ति - The Power Of Information

        

भदौं ११ गते ज्ञान मिसेज नेपालगन्जको फाइनल

हिन्दु महिलाको महान पर्व हरितालिका (तीज)को अवसरमा आयोजना गरिएको तीज नृत्य प्रतियोगितासँगै फेसन सो र ज्ञान मिसेज नेपालगन्जको फाइनल यही भदौं ११ गते नेपालगन्जमा हुने भएको छ ।

प्रतियोगिताको अडिसनबाट छनोट भएका २१ जना प्रतिस्पर्धीहरु मध्येबाट छनोट भएका ११ जना प्रतियोगीलाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्बजनिक समेत गरिएको छ ।

अवधि मिडिया गु्रप प्रा.लि. द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनको आयोजनामा गरिएको उक्त प्रतियोगिताको फाईनलमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागी हुने टिलिभिजनका प्रमुख आशिष गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज विधाका फस्ट रनरअपले ५१ हजार, सेकेन्ड रनर अपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।

यो सबैभन्दा ठुलो राशीको पुरस्कारको प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १९:२२