सूचनाको शक्ति - The Power Of Information

        

मिटरब्याजीविरुद्ध उजुरी दिनेको संख्या बाँकेमा बढ्दै

जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

सरकारले मिटरब्याजी विरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका लगायतका छन् ।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कागज गरेको उजुरीमा उल्लेख छ । मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी रहेको अधिकृत सोनकरले बताए । उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ ।

मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १९:१९