सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रचण्डका घरबेटीसहित १० ठेकेदार कम्पनी कालोसूचीमा

शैलुङ कन्स्ट्रक्सनलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लागाइएको छ ।

ठेक्का लिएको काम समयमा सम्पन्न नगर्ने तथा पटक–पटक सूचना जारी गर्दा पनि बेवास्ता गर्ने १० ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई कारबाहीसहित सूची सार्वजनिक गरिएको हो ।

जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेत परेको छ ।

बुधबार सार्वजनिक गरिएको सूचना अनुसार अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लागाइएको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गरी दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सामेद हुन नपाउने गरी कालोसूचीमा राखेको जानकारी गराइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माणको काम अलपत्र पार्दासमेत प्रचण्डले बचावट गरी राखेको भन्ने आरोपका बीच हालै उनीमाथि कारबाहीको सूचना सार्वजनिक भएको हो ।

यसै सन्दर्भमा केहीदिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि फेसबुकमा प्रचण्डको घरबेटीले बाटो नबनाएका कारण काठमाडौँको फोहोर उठाउन गारो भएको बताएका थिए । यसका साथै उनले प्रचण्डले ठेकेदार अधिकारीलाई अंगरक्षकले जसरी संरक्षण गरेको आरोपसमेत लगाएका थिए ।

यी हुन् कालोसूचीमा परेका १० ठेकेदार कम्पनी

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १०:५२