सूचनाको शक्ति - The Power Of Information

        

पूर्व राजाको ‘दुई मुटु याैटा बाटो’ कविता संग्रह प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु याैटा बाटो’ कृति प्रकाशनमा आएको छ ।

 सम्वाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनामा आधारित कविताहरू रचना गरेका छन ।

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०८:१७