सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : सिंहलाई अवसर, कन्यालाई फाइदा

२०७९ भाद्र ८ गते, बुधवार, २४ अगस्ट २०२२ । भाद्र कृष्णपक्ष द्वादशी तिथि, प्रातः ८ः०८ बजेदेखि त्रयोदशी । पुनर्वशु नक्षत्र, १४ः३० बजेदेखि तिष्य । चन्द्रराशि– मिथुन, प्रातः ७ः५१ बजेदेखि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेको संकल्प पूरा गर्न समय लाग्नेछ । काम सुरुवात भए भए पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । तापनि बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । विचारले अरूलाई आकर्षण गर्न सकिनेछ । तर, परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्य सम्पादनमा समय लाग्नेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हात पार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अत्यधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । आफन्त पनि टाढा हुनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आलोचकहरूले भने आफ्ना कमजोरी खोतल्न सक्छन् । पहिलेको उपलब्धि र आम्दानी जोगाउन समस्या पर्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

माहोल रमाइलो रहनेछ । साथीभाइसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । व्यावसायिक यात्राको योग छ । अतिथिको रूपमा सत्कार पाइएला । प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । काममा मिहिनेतको फल प्राप्त हुनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्लान् । ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०७:०७