सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद कोइरालाले बेपत्ता ब्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धि विधेयक संशोधनको प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।

त्यसअघि उक्त विधेयकप्रति नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०९:०८