सूचनाको शक्ति - The Power Of Information

        

म्यानचेस्टर युनाईटेडको पहिलो जित

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुललाई २–१ ले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।

नयाँ प्रशिक्षक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडलाई पहिलो जित दिलाउन जेडन सान्चो र मार्कस रास्फोर्डले एक एक गोल गरे । लिभरपुलका मोहोमद सलाहले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा रास्फोडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसपछि ८१ औं मिनेटमा लिभरपुलका सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । बााकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि युनाईटेड २–१ ले विजयी भयो ।

जितसँगै युनाइटेडमाथिको दबाब केही खुकुलो भएको छ भने लिरभपुलमाथि दबाब थपिएको छ । जारी सिजनको तीन खेल सकिँदा लिभरपुलले जित निकाल्न सकेको छैन ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०८:२१