सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली राजमार्ग ३६ घण्टा बन्द

पुलको भार क्षमता जाँच गर्न कर्णाली राजमार्ग ३६ घण्टा बन्द भएको छ । राजमार्गका दुई ठाउँमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि बन्द गरिएको हो ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गरिने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि आज बिहान ६ बजेदेखि बन्द गरिएको छ ।

राजमार्गको दुवैतर्फको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो ।

कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेस्टिङ गर्नुपर्ने भनेको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०८:००