सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा तीन जनामा कोरोना पुष्टि

बाँकेमा सोमवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३२० पुगेको छ । यस्तै सोमवार थप ६ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९९६ पुगेको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५० जना होमआइसमा बसिरहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १८:३६