सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि प्रदेशसभा चुनावः

अभियन्ता डा. कर्ण बाँके प्रदेश सभा २ ‘ख’ मा चुनाव लड्ने

उनी वरिष्ठ प्लाष्टिक सर्जन हुन्

नेपालगन्जका अभियन्ता डा. विनोद कर्ण बाँके प्रदेश सभा २ ख बाट चुनाव लड्ने भएका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि स्वतन्त्र तर्फबाट उनी लड्ने भएका हुन् । नेपालगन्जमा उनले सोमबार औपचारिक रुपमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

चुनाव लड्ने घोषणा गरेपनि आफ्ना प्रतिवद्धता पत्र जनतामाझ बिस्तारै लैजाने उनले बताए । नेपालगन्जको विकास निर्माण, स्वास्थ्य र शिक्षामा विशेष जोड दिइने डा. कर्णले सुनाए ।

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता समेत रहेका उनको अग्रसरतामा उपमहानगर क्षेत्रमा फोहोरमैला ब्यवस्थापन, सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन गरिन्छ ।

चिकित्सक संघ भेरीका निर्वतमान अध्यक्ष समेत रहेका डा. कर्ण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत छन् । उनी वरिष्ठ प्लाष्टिक सर्जन हुन् ।

२०७४ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विवेकशील साझाको तर्फबाट चुनाव लडेका थिए । त्यतिबेला नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र हमाल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १८:२०