सूचनाको शक्ति - The Power Of Information

        

गिरीको निधनप्रति संसदका दुबै सदनबाट शोक प्रस्ताव पारित

संघीय संसदका दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ ।

सोमबार बसेको बैठकले गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं.२०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यस्तै, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको शनिबार बेलुकी उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो । अब प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे र राष्ट्रियसभाको १२ गते आइतबार अपरान्ह १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १४:१५