सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्ने

निर्वाचन आयोगले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने भएको छ ।

साेमबार बिहान साढे ११ बजेका लागि तय गरिएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई बोलाइएको हाे । निर्वाचन आचारसंहिता परिवर्तनको विषयमा छलफल हुने बुझिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ । त्यस्तै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने पनि निर्वाचन आयोगले जनाएकाे छ ।

आगामी निर्वाचनमा संघको १ सय ६५, प्रदेशतर्फ ३ सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५ सय ३ प्रकारका मतपत्र छपाइ हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०८:५७