सूचनाको शक्ति - The Power Of Information

        

राशिफल : तपाईको आजको दिन शुभ कि अशुभ ?

२०७९ भाद्र ६ गते, सोमवार, २२ अगस्ट २०२२ । भाद्र कृष्णपक्ष एकादशी तिथि । मृगशिरा नक्षत्र, ९ः१९ बजेदेखि आर्द्रा । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ । चिताएका काममा ढिलासुस्ती हुन सक्छ । अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला । व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ । बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीको केही अंश भने अरूका लागि खर्च हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा उपलब्धि सोचेजस्तो नहोला । आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन् । स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ । सहयोगीहरू पछि हट्न सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिने सम्भावना रहेकाले सजग रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । समयमा सजग नहुँदा काममा अवरोध आउन सक्छ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्नेछ । अवसरको खोजीमा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा आफन्तको साथ जुट्नेछ । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउनेछ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पर्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०६:३९