सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

डुब्दै अर्थतन्त्र, चुपचाप सरकार

सरकार अर्थतन्त्र बचाउन पुरै असफल भइसकेको छ, देशमा आर्थिक संकट आइसकेको छ ।

नेपालको अर्थतन्त्र टाट पल्टियो वा श्रीलङ्का भयो भनेर नागरिकले भन्दा राष्ट्रिय बैंक र अर्थ मन्त्रालय नेपालको अर्थतन्त्र सुधार गर्न केही पहल गर्दैन । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारी नेपालको अर्थतन्त्रका बारेमा सबै कुरा थाहा पाए पनि चुपचाप कानमा तेल हालेर बसिरहेका छन् । केही महिनाअघि एउटा सार्वजनिक कार्यक्रममा गर्भनरले नेपालको अर्थतन्त्र श्रीलङ्काकै जस्तै हुन्छ भनेर बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार जोगाउनका लागि गर्भनरलाई केपी ओलीका कार्यकर्ता बताउँदै उनलाई भेट्न बालुवाटार गए र राजीनामा दिन माग गरे ।

यता सरकारलाई असहयोग गरेको भन्दै विद्यार्थी संगठनहरुले पनि गर्भनरलाई हटाउनका लागि सडकमा नारा लगाए । पछि फेरि गर्भनर अधिकारीले आफ्नो पद जोगाउनका लागि प्रधानमन्त्रीको अगाडि हात जोडेर अर्थतन्त्रका बारेमा नागरिकलाई केही नबताउने सर्तमा सहमत गराए । त्यसपश्चात् आफ्नो पद बचाउन उनले देशको अर्थतन्त्र कुन बाटोमा गइरहेको छ भनेर बोल्न छोडे । गर्भनरलाई देश र नागरिकभन्दा पनि आफ्नो पद प्यारो रहेछ भन्ने कुरा यहीबाट थाहा हुन्छ । पछिल्लो समय बजारमा पैसाको हाहाकार देख्दा नेपाल श्रीलङ्का भइसकेको छ । तर पनि सरकार नागरिकसमक्ष यो कुरा लुकाइरहेको छ ।

अहिले कुनै व्यक्तिले धितो राखेर कुनै क्षेत्रमा लगानी वा व्यवसाय गर्छु भन्दा पनि वित्तिय सस्ंथाबाट कर्जा पाउँदैन । बैंकले १५ देखि १६ प्रतिशत डिपोजित ब्याज दिन्छु भन्दा पनि नागरिक पैसा राख्न रुचाउँदैनन् । सहकारीले १८ देखि २२ प्रतिशत ब्याजदिन्छु भन्दा पनि नागरिक पैसा राख्दैनन् । अब कोही पनि ब्याजको लोभमा साँवा फसाउन चाहँदैनन् । सरकार अर्थतन्त्र बचाउन पुरै असफल भइसकेको छ, देशमा आर्थिक संकट आइसकेको छ । अर्थमन्त्री जर्नादन शर्माले नागरिकले घरमा लुकाएर राखेको पैसा पनि बाहिर ल्याउन सक्दैनन् । ५०० र १००० को नोट प्रतिबन्ध लगाउन मन्त्री परिषद् बैठकमा पनि लग्दैनन् र २ हजारको नयाँ नोट निकाल्नुपर्छ भनेर निर्णय पनि गर्न सक्दैनन् ।

देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइसक्यो, अर्थमन्त्री जनार्दन शर्मा व्यापारीको अगाडि लम्पसार परिरहेका छन् । देश र नागरिकको हितमा काम गर्न नसक्ने असक्षम अर्थमन्त्री साबित भइसकेका छन् । नेपालको विभिन्न मुलुकसँग पछिल्लो समय व्यापार घाटा निरन्तर बढिरहेको छ । यता नेपालको निर्यातभन्दा बढी आयात रहेको पाइन्छ । सरकारले नेपाली मुद्रा विभिन्न मुलुकमा गर्यो भनेर अहिलेसम्म पनि सामान खरिद गर्नका लागि प्रतिबन्ध लगाइएको छैन । उघोग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगी व्यवसायीहरुसँग पैसा खाएर विदेशबाट आउने सवारीसाधन, चक्लेटदेखि मदिराहरुमा अहिलेसम्म प्रतिबन्ध लगाएको छैन ।

नेपालमा गुन्द्रुक र नेपाली नागरिकले लगाउने जनैसमेत विदेशबाट आउँछ भन्दा नेपालीहरु दंग पर्छन् । नेपालीहरुको भन्सामा पकाइने सबै खानेकुराहरु पनि विदेशबाट नै आउने गर्छ । विदेशी ऋणले गर्दा नेपाल नै डुब्न लागिसकेको छ । सरकारले विदेशीहरुसँग महंगो ब्याजमा पैसा लिइरहेको छ । एक नेपाली नागरिकको टाउकोमा विदेशी ऋण ७१ हजार पुगिसकेको छ । विदेशी ऋण लिएर नेताले कमिशन खाइराखेका छन् भने सरकारी कर्मचारीलाई तलबभत्ता बाँडिरहेको छ । विदेशी ऋणमा नेपाल चुलुम्म डुबिसकेको छ । विदेशीसँग लिएको ऋणको साँवा, ब्याज र कित्ता तिर्न नसक्ने अवस्थामा नेपाल पुगिसकेको छ ।

अब नेपाल कुन देशले कब्जा गर्छ वा नेपाल देश नै रहन्छ कि रहँदैन भन्ने अन्योल बढिसकेको छ । नेपालको अर्थतन्त्रका बारेमा विभिन्न मुलुकहरुले थाहा पाएपछि उनीहरुले पनि नेपाललाई ऋण दिन छोडिसकेका छन् । श्रीलङ्का पनि विभिन्न मुलुकहरुको ऋण तिर्न नसकेर नै डुबेको हो भन्ने कुरा सबैलाई थाहा भइसकेको छ । अहिले हाम्रो देशमा महंगी, बेरोजगारी, गरिबी ह्वात्तै बढिरहेको पाइन्छ । साथै पछिल्लो समय नागरिकले पनि सरकारलाई कर तिर्न छोडिसकेका छन् । अहिले बच्चादेखी बुढोले समेत नेपालको अर्थतन्त्रलाई हेरेर नेपाल दोस्रो श्रीलङ्कामा परिणत हुन्छ भनेर भन्न सक्छन् ।

अहिले सेयर, घरजग्गा, गाडीहरुको मूल्य घटेर पुरै मन्दी आएको पाइन्छ । कति नागरिक त यी वस्तुहरु किन्दा लिएको ऋण तिर्न नसकेर भगाभाग गरिरहेका छन् । पछिल्लो समय बैंक, फाइनान्स र सहकारीहरु पनि डुब्यो भनेर पैसा निकाल्न नागरिकहरुको भिड छ । कति सहकारीहरु त भागिसकेका छन् भने कति भाग्ने तयारीमा छन् । सहकारीमा ९१ लाख नागरिकको साढे ९ खर्ब रुपैयाँ डुब्दैछ भन्ने कुरा हरेक नागरिकले पत्ता लगाइसकेका छन् । सहकारीमा काम गर्ने लाखौं नागरिक बेरोजगारी हुँदै छन् । अहिले यी सस्ंथाहरुमा नागरिकले पैसा राख्न छोडिसकेका छन् ।

यसले गर्दा पनि नेपालको अर्थतन्त्रमा अब ठुलो संकट आउँछ । पैसाको हाहाकार हुन्छ । अहिले पर्यटकहरु नेपाल घुम्न आउन छोडिसकेका छन् । यसरी पर्यटकहरु नेपाल घुम्न नआउँदा होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरु पनि डुबिसकेका छन् । अब होटेल व्यवसायीहरुले होटेल सञ्चालन गर्दा लिएको ऋण तिर्न नसकेर यिनीहरुको जेथो नै लिलाम हुन लागिसकेको छ । एक कित्ताको हजारमा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुँदैन । आनाको १५ लाखमा किनेको घडेरी अहिले १ लाखमा बिक्री हुँदैन । यता १० लाख हालेर किनेको गाडी १ लाखमा पनि बिक्री हुँदैन ।

फेरि यिनै वस्तुमा सहकारी, बैंक तथा फाइनान्सको धेरै लगानी रहेको पाइन्छ । आफ्नो पैसा त डुबिहाल्यो, तर अहिले बैंक, फाइनान्ससँग लिएको ऋणको कित्ता तिर्न नसकेर नागरिकहरु अहिले मर्नु कि बाच्ँनु अवस्थामा पुगेका छन् । बैंक, फाइनान्स तथा सहकारीहरुको यस्तो हालत देखेर नागरिक त्यहाँ पैसा राख्दैनन् । यी वित्तिय सस्ंथाहरु टाट पल्टिसकेका छन् । बैंकले १ लाखको चेक साट्न गाह्रो मान्छ भने यता सहकारीले पाँच हजार रुपैयाँ पनि रकम फिर्ता गर्न सकेको छैन । यी सस्ंथाहरुमा नागरिकले राखेको आफ्नो पुँजी सबै निकालेर घरघरमा लुकाइसकेका छन् ।

बैंक, फाइनान्सहरुमा नागरिकलाई कर्जा प्रवाह गर्ने पैसा छैन । यिनीहरुको अहिले घरभाडा र कर्मचारीलाई तलब दिन नसन्दा बिजोग भएको छ । अब यस्तो अवस्थामा न बैंक, फाइनान्सले कुनै क्षेत्रमा लगानी वा कर्जा नै गर्न सक्छ न त नागरिकले नै त्यहाँ पैसा लगेर राख्छन् । केही दिनअघि राष्ट्रिय बैंकले आफ्नो प्रेस विज्ञप्ति निकालेको थियो । त्यस विज्ञप्तिअनुसार अझै पनि नेपालको अर्थतन्त्र पुरानो लयमा फर्किएको छैन । अर्थ विद्हरुका अनुसार पनि नेपाल अब श्रीलङ्का बन्न धेरै समय छैन । अब सरकारले खाना पकाउन र सवारीसाधन चलाउन विद्युतीय व्यवस्था मिलाउनुपर्छ । खेतीयोग्य जमिनमा घर बनाउन नदिने र जग्गा बाझो राख्ने दिनुहुँदैन ।

हामी नेपालीहरु भन्ने समयमा गर्वका साथ नेपाली भनेर नेपाली नागरिकता लिन्छौं, नेपाली भाषा बोल्छौं तर लगाउनेदेखि पकाउनेसम्म सबै सामानहरु विदेशबाट ल्याउछौं । यसरी नेपालको पैसा अरु मुलुकले लग्छ र नेपाललाई खोक्रो तथा कंगाल बनाइदिन्छ । अरु देशले नेपालमा खाद्यान्न नपठाएको खण्डमा हामी नेपाली भोकै मर्छौ, अनि किन हामी नेपाली भन्छौं । नेपाललाई त अरु देशले एउटा व्यापार गर्ने थलो बनाएका छन् । हामी नेपाली आत्मनिर्भर छेनौं । हाम्रो देशमा पेट्रोल, डिजेल र ग्याँसको खानी छैन, तर हामी त्यही बढी प्रयोग गर्छौ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा भए पनि देश चलाउनेमा प्रचण्ड रहेका छन्, तर प्रचण्ड र माधव नेपाललाई अर्थतन्त्रको ‘अ’ पनि थाहा छैन ।

सरकारले देशको अर्थतन्त्र डुबिसकेको र अब नेपालको अर्थतन्त्र श्रीलङ्का नै भएको भनेर नागरिकलाई जानकार गराउँदैन । अब नागरिक सचेत हुन्छन् र यस्ता नेताहरुलाई पदबाट हटाउँछन् । केही समयपछि नागरिक टोलटोलबाट सरकारको विरोधमा उत्रिने छन् । श्रीलङ्कामा राष्ट्रपति अर्थतन्त्रका कारण देश नै छोडेर भाग्नुपर्यो अब नेपालमा पनि त्यो अवस्था आउँदैछ । नेपालको अवस्थाका बारेमा जानकारी पाउँदा राष्ट्रपतिले अर्थतन्त्रको विषयमा ध्यान दिएकी छैनन् । यसरी राष्ट्रपतिले चासो नदिँदा नागरिकको मनमा नेपाल श्रीलङ्का बन्छ भन्ने छाप बसेको छ । नेपालको अर्थतन्त्र अहिले ९० प्रतिशत श्रीलङ्काको अवस्थामा पुगिसकेको छ, सरकारले घोषणा गर्नमात्र बाँकी रहेको नागरिक भन्छन् ।

यता विपक्ष दलका नेता केपी ओली वा एमाले पनि नेपालको अर्थतन्त्र श्रीलङ्का हुन लागेको र सरकारले झुट बोलिरहेको भन्दै छ । नेपालको अर्थतन्त्रमा अहिले पनि राजनीति भइरहेको छ, सत्ता पक्षका अनुसार नेपालको अर्थतन्त्र श्रीलङ्काजस्तो भएको छैन भने विपक्षका अनुसार नेपाल दोस्रो श्रीलङ्का भइसक्यो । बैंक, फाइनान्सले आफ्नो पैसा नदिएका कारणले गर्दा पनि नेपाल श्रीलङ्का भएको छ । अब देशको अर्थतन्त्रलाई कसरी बचाउन भन्ने कुराको समाधान न सरकार पक्षसँग नै त छ न विपक्ष दलका नेताहरुसँग नै रहेको छ । नागरिकका अनुसार अब राष्ट्रपति, प्रधानमन्त्री, संसद, मन्त्री र सरकारी कर्मचारीको तलब भत्ता काट्नुपर्छ र देशविदेश घुम्नमा पनि रोक लगाउनुपर्छ ।

सरकारले २०७९ जेठ १५ गते बजेट ल्यायो । बजेट भाषण ल्याउनुअघि बजारमा अब सरकारले पेन्सन, जेष्ठ नागरिकलाई भत्ता र कर्मचारीलाई आधा तलब दिने भन्ने कुरा निकै रहेको थियो । तर यस्तो अर्थतन्त्र नाजुक भएको अवस्थामा समेत सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढायो । अब नेपाललाई श्रीलङ्का हुनबाट नागरिकले बचाउने कि सरकारले बचाउने ? अब अर्थतन्त्रका कारण विश्वमा नेपाल भन्ने देश नै हराउने छ । यदि सरकारले अब अर्थतन्त्र बचाउन नसक्ने हो भनि सरकार सत्ता छोड्दा हुन्छ । अब विदेशबाट आउने सामानमा प्रतिबन्ध लगाउनुपर्छ । सरकारले समयमै अर्थतन्त्रका लागि केही पहल गर्न नसकेमा नेपाल विश्वमा दोस्रो श्रीलङ्काका रुपमा परिचित हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतवार १४:५२