ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल ‘बान’को सातौँ महाधिवेशन आज सुरु भएको छ ।
भक्तपुरमा सुरु भएको महाधिवेशनको राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।
तालिका अनुसार पदाधिकारी चयनको लागि आजै मतदान हुने तय भए पनि अहिलेसम्म बन्द सत्र पनि सुरु हुन सकेको छैन ।
सहमतिको लागि प्रयास गर्ने भन्दै विभिन्न छलफल चलिरहेकाले अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको एक प्रतिनिधिले जानकारी दिएका छन् ।
हिजो बेलुका ५ बजेसम्म सदस्यता नवीकरणको लागि समय तोकिए पनि टाढाबाट आउनेले नवीकरण गर्न नपाएको भन्दै सदस्यता नवीकरणको विषयमा पनि विवाद भइरहेको छ ।
यो महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रदेश संयोजक, केन्द्रीय सदस्यसहित २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
अध्यक्षमा उज्जल चौलागाईँ र दूर्गा अधिकारीले दाबी गर्नुभएको छ । यस्तै, गोपाल झा र कुमार भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ ।
सत्यपाटी । काठमाडौँ ।