सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बाँकेमा बाबु–छोराको मृत्यु

नेपालगञ्जमा शनिवार करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का करिब ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

छोरा बब्लुलाई अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेपछि बचाउन खोज्दा बाबु परसुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूलाई नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा बाबु र छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १८:१२