सूचनाको शक्ति - The Power Of Information

        

माओवादी स्थायी कमिटी बैठक बस्दै

पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।

यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो ।

शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन ।

प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र शनिबारको बैठकले यस विषयलाई टुंग्याउने बताउनुभएको छ ।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी टुङ्ग्याउन सकेको छैन् ।

माओवादीमा वर्षमान पुन र जनार्दन शर्माले महासचिव पदमा आकांक्षा राखेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्ठ्यारोमा पर्नुभएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०९:०६